कांग्रेसकाे महाधिवेशन भदाै १६-१९ मा हुने

नेपाली कांग्रेसले चौधौं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यसअघि तय गरिएकाे भदौ ७ देखि १० गतेसम्मकाे कार्यतालिका परिवर्तन गरेर ९ दिन पछाडि भदाै १६-१९ सम्म गर्ने निर्णय गरेकाे हेा । केन्द्रीय समितिले पदाधिकारी बैठकले प्रस्ताव गरेकाे मिति पारित गर्ने बताइएकाे छ ।

बैठकले क्रियाशील सदस्यता २० असारसम्म छानबिन गरेर २४ असारमा सार्वजनिक गर्ने र वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । 

नेपालको संविधान २०७२ अनुसार कांग्रेसले महाधिवेशनको मिति भदौ १९ भित्र सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

Facebook Comments