एमालेमा १० बुँदे सहमतिकाे आ-आफ्नै व्याख्या !
एमालेमा आइतबार साँझ भएकाे १० बुँदे सहमतिकाे दुइ पक्षले आ-आफ्नै व्याख्या थालेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले प्रतिनिधिसभा पुनःस्थापना या देउवाका नाममा परमादेश जारी गर्न एमालेकाे सहमतिले नदिने खालकाे व्याख्या सहित सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएकाे छ ।
साेकाे प्रतिवाद गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा २३ सांसदको हस्ताक्षर कायमै रहेको उल्लेख गर्नुभएकाे छ ।
एमालेमा १०बुँदे सहमति भएको भोलिपल्ट नेता नेपालले सहमति विपरित गलत व्याख्या भएकोमा समेत असहमति प्रकट गर्नुभएकाे छ ।
प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गलत व्याख्या गरेको र त्यो अस्वीकार्य भएको सामाजिक सञ्जाल फेसबुक मार्फत् नेता नेपालले स्पष्ट गर्नुभएकाे हाे ।
नेपालले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएकाे छ, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’
नेपाल पक्षले यसअघि पनि सहमतिका लागि हताराे गरेर अदालतकाे फैसला प्रभावित पार्न खाेजिएकाे शंका गरेकाे थियाे ।


