प्रतिनिधिसभा विघटन मुद्दामा आज फैसला आउन सक्ने !

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सम्भवतः आज सोमबार फैसला सुनाउँदै छ । सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय राखेर साेमबारका लागि पेशी ताेकेकाे थियाे ।

संवैधानिक इजलाशले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । अदालतबाट आउन सक्ने फैसलाले नेपालकाे राजनीतिलाई नै प्रभावित बनाउने भएकाले सर्वाधिक चासोका साथ हेरिएको छ । प्रतिनिधिसभा दाेस्राेपटक विघटन भएपश्चात मुलुक गतिहीन अवस्थामा फसेकाे छ ।

अदालतले ओलीलाई संविधानकाे धारा ७६ काे उपधारा ४ अनुसार विश्वासकाे मत लिन भन्ने, ओली र देउवामध्ये एकलाई प्रधानमन्त्री बनाउने, प्रतिनिधिसभा विघटन सदर गर्ने लगायतका विकल्पमा निर्णय दिन सक्ने अनुमान गरिएकाे छ ।

Facebook Comments