पेरूका क्रान्तिकारी नेता गाेन्जालाेकाे निधन

पेरुका क्रान्तिकारी नेता गोन्जालोको जेलमा नै निधन भएको छ । वास्तविक नाम अबिमेल गुजम्यान रहेपनि विश्वभर गाेन्जालकाे नामबाट पेरू क्रान्तिका विम्व बन्न सफल गाेन्जालाेकाे ८६ वर्षको उमेरमा निधन भएको हो ।

गाेन्जालाेलाइ सन् १९९२ मा पेरू सरकारले नियन्त्रणमा लिएर मुलुकमा आंतक फैलाएको आरोपमा आजीवन कारावासको सजायँ दिएको थियो ।

सन् १९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक जन्मनुभएका गाेन्जालाेकै नेतृत्वमा सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)काे नेतृत्वमा जनयुद्ध शुरू भएकाे थियाे ।

तर उक्त सशस्त्र संघर्ष विफल भएकाे थियाे ।

साइनिङ पाथका अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएपनि उहाँ पक्राउ परेपछि परू क्रान्तिले गम्भीर धक्का खाएकाे मानिन्छ । साे संघर्षकाे क्रममा ७० हजारको ज्यान गएको थियो । विश्वभरका कम्युनिष्ट पार्टीहरूले गाेन्जालाेकाे निधनले कम्युनिष्ट आन्दाेलनमा क्षति पुगेकाे भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Facebook Comments