मुगु बस दुर्घटनामा ३२ जनाकाे मृत्यु

पश्चिम नेपालकाे मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको प्रहरीले जनाएकाे छ। मंगलबार दिउँसाे पाैने २ बजे भएकाे उक्त बस दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको हाे ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो ।

उपचारको लागि पठाइएका १६ जना घाइते मध्ये चार जनाको मृत्यु भएको हाे ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

नेपालबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हाे । यसअघि साेमबार कास्कीकाे घान्द्रुकमा भएकाे जिप दुर्घटनामा ८ जनाकाे मृत्यु भएकाे थियाे ।

Facebook Comments