नेपालमा थप ७ सय ९२मा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६० पीसीआर परीक्षण गर्दा ६ सय ९१ जना र २ हजार ५ सय ५९ एन्टिजेन परीक्षण गर्दा १सय १ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको र ९१० जना निको भएकाे जनाएकाे छ ।
Facebook Comments

