माधव नेपाल सहित ४ नेतामाथिकाे कार्वाही फुकुवा गर्ने एमाले स्थायी समितिकाे निर्णय
नेकपा एमालेका नेता माधवकुमार नेपाल लगायतका नेताहरूकाे कार्वाही फुकुवा गरिएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हाे ।
नेपालसहित साे समूहमा रहेका नेताहरु घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकवा गरिएको स्थायी समिति प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
Facebook Comments

