नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा दावी नगर्ने

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । बहुमत जुटाउन नसकेपछि दुइ दलले सरकार गठनकाे झन्झटमा नलाग्ने बताएका हुन् ।

सरकार गठनका लागि चाहिने बहुमतका लागि जनता समाजवादी पार्टीले समर्थन गर्नुपर्नेमा साे हुन नसकेपछि दुइ दल पछि हटेका हुन् ।

३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् ।

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।

सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेपनि साे संभावना समेत प्रधानमन्त्री ओली र नेता नेपालबीचकाे वार्तापछि टरेकाे थियाे ।

Facebook Comments