एमाले विवाद समाधानका लागि कार्यदल बन्ने
नेपाल कम्युिनष्ट पार्टी एमालेमा पार्टी विवाद समाधानका लागि कार्यदल बनाइने भएकाे छ ।
एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपालबीच भएकाे वार्तामा पार्टी विवाद टुंगाउनका लागि कार्यदल बनाएर छलफल गर्ने सहमति भएकाे हाे ।
ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएपछि तत्कालका लागि एमाले विवाद समाधानतर्फ माेडिएकाे छ ।
यसले सत्तासमीकरणको नयाँ कोर्ष पनि शुरु हुने भएको छ । दुइ नेतावीचकाे नेता माधवकुमार नेपाल पक्षले राखेका ६ बुँदे शर्तका विषयमा छलफल भएकाे थियो ।
अध्यक्ष एवं प्रधानमन्त्री ओली फागुनकाे २८ निर्णय फिर्ता गर्ने र २०७५ जेठ २ को अबस्थामा पार्टी कमिटी फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका नेपालकाे भनाइ छ ।
बिहीबार बिहान एमाले स्थायी कमिटीले नेपालसहित उनको समूहका ४ नेताको कारबाही फिर्ता लिएकाे थियाे । तत् पश्चात ओली र नेपालबीच भेटवार्ता सम्भव भएको थियो ।

