जसपा विवादः पुरानै कमिटीलाई मान्यता

निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिई पुरानै कमिटीलाई मान्यता दिने भएकाे छ ।

आइतबार बसेको निर्वाचन आयोगका पदाधिकारीकाे बैठकले यस्ताे निर्णय गरेकेा हाे ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्याल बैठकमा सहभागी रहेकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिनुभयाे ।

निर्णय अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले गरेको कारबाहीलाई मान्यता दिइने छैन ।

Facebook Comments