देउवा पाँचाैपटक प्रधानमन्त्री नियुक्त हुँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मंगलबार पाँचाैपटक प्रधानमन्त्री पदमा नियुक्त हुँन लाग्नुभएकाे छ।
राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको स्राेतले जनाएकाे छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे हुने बताइएकाे छ ।
राष्ट्रपति कार्यालयका स्राेतका अनुसार सर्वोच्चकाे फैसला अनुसार नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने याेजना छ ।
देउवाकाे सचिवालयका अनुसार आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ । गठबन्धनका दलले पनि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बारे साेमबारको बैठकमा छलफल गरेका थिए ।
Facebook Comments

