नेपाल साफ च्याम्पियनसिपकाे फाइनलमा

नेपाल साफ च्याम्पियनसिपमा पहिलाेपटक फाइनल प्रवेश गरेको छ । १३ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगेको हो । २८ बर्ष पार भइसक्दा यसअघि नेपाल फाइनल पुग्न सकेकाे थिएन ।

माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले फाइनलका लागि स्थान पक्का गरेकाे हाे ।

नेपालका लागि अञ्जन बिष्टले खेलको ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोलले खेल बराबरीमा राेकिएकाे हाे ।

खेलको अन्तिम समयतिर बंगलादेशी खेलाडीले डिबक्स भित्र फाउल गर्दा नेपालले पेनाल्टीको अवसर पाएको हो । साे अवसरलाई नेपालले सदुपयाेग गरेकाे हाे ।

नेपालले  १३ औं संस्करणको साफ च्याम्पियनसिपमा चार खेल खेल्दै दुई जित, एक बराबरी र एक हारसहित ७ अंक जोडेर फाइनल यात्रा तय गरेकाे हो ।

Facebook Comments