प्रचण्ड र विप्लववीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव र प्रचण्डवीच पहिलाे पटक भएकाे साे भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे थियाे । विप्लव पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुग्नुभएकाे थियाे ।

जनयुद्धकालमा प्रचण्ड निकट रहनुभएका नेता विप्लव शान्तिकालमा प्रवेशपछि भने जनयुद्धकाे मर्म अनुसार पार्टी चल्न नसकेकाे भन्दै अलग्गै पार्टी बनाएर अगाडि बढ्नुभएकाे थियाे ।

Facebook Comments