माैद्रिक नीति सार्वजनिक,
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकाे छ । सार्वजनिक गरिएकाे माैद्रिक नीतिमा मर्जरमा जान चाहने वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारी सुविधा दिने घाेषणा गरिएको छ ।
नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेज, वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट प्रदान लगायतकाे सुविधा मार्फत् मर्जरमा जान प्राेत्साहन गरिएकाे छ ।
माैद्रिक नीति सकारात्मक रहेकाे व्यवसायीहरूकाे प्रतिक्रिया रहेकाे छ । यद्यपि शेयर धिताेमा राखिएकाे सीमा, बैंकहरुलाई आगामी असार मसान्तसम्म सिडी रेसियो ९० प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था लगायतले बैंकले लिने ब्याज बढ्ने तथा तरलता बढ्ने अनुमान गरिएकाे छ ।

