नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक शुरू, पुसमा राष्ट्रिय सम्मेलनकाे प्रस्ताव

नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक शुरू भएकाे छ । बैठकमा अध्यक्ष प्रचण्डले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राख्नुभएकाे छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राख्नुभएकाे हाे ।

भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव समेत बैठकमा पेश भएकाे छ ।

प्रस्तावमा मंसिर १५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिनुभयाे ।

केन्द्रीय समितिको बैठकमा समूहगत छलफलका लागि ८ समूह बनाएर विधान संशोधन लगायतका प्रस्तावमाथि छलफल गर्ने याेजना बताइएकाे छ ।

समूहगत छलफल हुने र निष्कर्षहरु भाेलीकाे बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयाे । प्रचण्ड संगठन सुधार तथा बामपन्थी एकताकाे लागि प्रयत्न गरिरहनुभएकाे छ ।

Facebook Comments