कांग्रेस महाधिवेशन मंसिरमा

नेपाली कांग्रेसकाे केन्द्रीय समितिले महाधिवेशनकाे यसअघिकाे तालिका परिवर्तन गरेकाे छ । फेरिएकाे तालिका अनुसार भदाैमा हुने भनिएकाे महाधिवेशन मंसिरमा हुने भएको छ ।

शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हाे ।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । काँग्रेसमा क्रियाशील सदस्यता तथा महाधिवेशन प्रतिनिधि चयनका विषयमा विवाद छ । जसका कारण वडा तहका अधिवेशन समेत हुन सकेका छैनन् ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

केन्द्रीय समितिले तय गरेकाे कार्यतालिका

कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२

निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२

वडा अधिबेशन : २०७८/५ /१८

गाउँ/नगर पालिका: २०७८/ ५/२७

प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१

संघिय निर्वाचन क्षेत्र : २०७८/६/५

जिल्ला अधिवेशन : २०७८/६/१०

प्रदेश अधिवेशन : २०७८/७/१०-१२

केन्द्रीय महाधिवेशन : २०७८/८/ ९ देखि १३ गतेसम्म ।

Facebook Comments