प्रतिपक्षीले अवराेध गरेपनि बजेट पास गर्न तयारी
प्रमुख विपक्षी नेकपा एमालेले संसदमा अवराेध गरेपनि सरकारले बजेट पास गर्ने तयारी गरेकाे छ ।
एमाले सांसदहरूकाे नाराबाजीकै बीचमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने तयारीमा सरकार लागेकाे हाे । यसअघि साेमबार प्रतिपक्षी दल सहितका संसदमा रहेका दलहरूका शीर्ष नेताकाे बैठक बसेर सहमति गर्न खाेजेपनि सभामुखकाे प्रयास असफल भएकाे छ ।
सभामुखले बाेलाउनुभएकाे बैठक प्रतिपक्षी एमालेले बहिष्कार गरेकाे थियाे ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा भूमिका खेलेको भन्दै सभामुखकाे राजीनामा मागेकाे छ ।
एमालेले भने प्रतिनिधिसभामा विराेध जारी रहने बताएकाे छ । कि सभामुखले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टास्नुपर्ने अन्यथा पदबाट राजीनामा दिनुपर्ने एमालेको धारणा छ ।
Facebook Comments

