प्रेस सेन्टर गण्डकी अध्यक्षमा काफ्ले, खबरचासाेकर्मी सुवेदी र पाण्डे पदाधिकारीमा चयन

प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन हुनुभएको छ । सेन्टरको आज पोखरामा सम्पन्न दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो।

समितिमा खबरचासाेकर्मीद्वय घनश्याम पाण्डेय र विश्वराज सुवेदी क्रमशः बरिष्ठ उपाध्यक्ष र काेषाध्यक्षमा चयन हुनुभएकाे छ ।

समितिको अन्य पदाधिकारीतर्फ उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम चयन हुनुभयाे ।

खुला सचिवमा कास्कीका सुनिल पाण्डे, कास्कीका सुवास अम्गाईं, कास्कीका सविन जिसी, महिला सचिवमा कास्कीका सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित हुनुभयो ।

समितिको खुला सदस्यहरुमा आश क्रोम्चे तमु, छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती, मुरारी शर्मा चयन सर्वसम्मत चयन हुनुभयो ।

त्यस्तै महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन हनुभएको छ ।

Facebook Comments