कांग्रेस महाधिवेशनः मतगणना जारी, सभापतिमा देउवाकाे अग्रता

 नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता देखिएकाे छ ।

शुरूदेखि नै देउवाको अग्रता कायमै छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा देउवाले हालसम्म भएकाे ३ हजार ७ सय ७९ मत गणना हुँदा १ हजार ७ सय ९८ मत प्राप्त गर्नुभएकाे छ । जुन गणना भएकाे मतकाे ४५.४६ प्रतिशत हाे ।

सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले १ हजार ४ सय १३ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै प्रकाशमान सिंहले २ सय ८६ र विमलेन्द्र निधिले २ सय १ मत पाउँदा कल्याण गुरुङले १९ मत प्राप्त गर्नुभएकाे छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिएका थिए ।

सभापतिमा विजयी हुन २ हजार ३ सय ४० मत प्राप्त गर्नुपर्ने हुन्छ । यदि पहिलाे चरणमा कुनै उम्मेदवारलाइ ५० प्रतिशत बढी मत हाँसिल नभएमा पुनः बढी मत ल्याउने २ उम्मेदवारवीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments