वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार

वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएकाे छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएकाे हाे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाइ युवा तथा खेलकुदमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्नुभएकाे छ ।

त्यस्तै इन्द्रमाया गुरुङलाइ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्रीकाे जिम्मा दिइएकाे छ । नवनियुक्त मन्त्रीहरुले मंगलबार नै अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिएका छन् ।

हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका हुन् ।

Facebook Comments