कांग्रेस महाधिवेशनः सभापतिका लागि दाेस्राे चरणमा भएको मतदानको गणना राति १० बजेपछि गरिने

कांग्रेसकाे काठमाण्डाैमा जारी महाधिवेशनमा सभापति चयनका लागि भएको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ । राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिले जनाएकाे छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । मतदान प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको हाे ।

दाेस्राे चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालावीच प्रतिस्पर्धा हुन लागेकाे हाे । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए ।

कांग्रेसकाे विधानमा सभापति पदमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने प्रावधान छ ।

Facebook Comments