जसपामा थप विवाद

पछिल्लाे सत्ता गठबन्धनमा निर्णायक बनेकाे जनता समाजवादी पार्टी (जसपा)भित्रकाे विवाद थप उग्र बन्दै गइरहेकाे छ ।

नाममा एउटै एउटै भएपनि दुई पार्टीकाे अभ्यासमा रहेकाे पुष्टी संसदमा प्रधानमन्त्रीले विश्वासकाे मत लिने बेला र नयाँ सरकार गठन गर्दा साे पार्टीका फरक फरक भूमिकाले हुन्छ ।

जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोबीच पछिल्लाेपटक शनिबार विज्ञप्ति जुहारी चलेको छ । एकले अर्को पक्षले गरेकाे भनेकाे बैठककाे बारेमा खण्डन गर्दै विज्ञप्ति निकालिएकाे हाे ।

बाबुराम–उपेन्द्र पक्षले आफू निकट कार्यकारिणी सदस्यहरुकाे बैठक बसेकाे थियाे । जसलाई खण्डन गर्न बैठक नडाकिएकाे भन्दै भ्रममा नपर्न भन्ने ब्यहाेराकाे विज्ञप्ती महन्त ठाकुरले जारी गर्नुभएकाे थियाे । विज्ञप्तिमा कार्यकारिणी समितिको बैठक बोलाएको समाचारप्रति ध्यानाकर्षण भएको, जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई प्रष्ट गरिन्छ भन्ने उल्लेख थियाे ।

कार्यकारिणी समितिकाे बैठकपछि भट्टराई यादव पक्षले भने राजेन्द्र महताेलाई दलकाे नेता चयन गरेकाे भन्ने समाचार प्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

केन्द्रीय कार्यालयको तर्फबाट कार्यकारिणी सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएकाे छ । संसदीय दल समायोजन नहुनुका साथै विधान पनि नबनेको र पार्टीको अन्तरिम विधानमा संसदीय दलको विधान कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

साथै विज्ञप्तिमा हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले उक्त समाचार भ्रमपूर्ण रहेकाले सम्वन्धित सबैलाई जानकारीसहित प्रष्ट पारिन्छ भनेर उल्लेख गरिएकाे छ ।

शुक्रबार मात्र महन्थ–राजेन्द्र पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको बताएको थियो । साेबारे अर्काे पक्ष बेखबर थियाे ।

बाबुराम–उपेन्द्र पक्षका कार्यकारिणी सदस्यहरुको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै छिट्टै पूर्ण बैठक बस्नुपर्ने निष्कर्ष निकालिएकाे साे पक्षका नेता माेहम्मद इस्तियाक राइले जनाकारी दिनुभयाे ।

Facebook Comments