संघीय संसद बैठक ३ गते बाेलाउन सिफारिस
सर्वोच्च अदालतकाे फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभाकाे बैठक साउन ३ गते बाेलाइने भएकाे छ । विहीबार बसेकाे मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसँगै पदाधिकारीहरुको म्याद एक वर्ष थप गरेको छ । २५ माघ २०७५ मा संशोधन भएको ऐनमा आयोग पदाधिकारीको म्याद एक वर्ष रहने उल्लेख भएकाले यसअघि अध्यादेशबाट म्याद थपिएकाे थियाे । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुवै आयोग र त्यसका पदाधिकारीहरुको म्याद पुनः थप्ने निर्णय गरेको हाे ।

