कांग्रेस महाधिवेशनः उपसभापति पदकाे मतगणनामा प्रतिस्पर्धीवीच कडा टक्कर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा भइरहेकाे छ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन् । 

हालसम्म ९ सय मत गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ३५५ मत, पूर्णबहादुर खड्काले ३९५ मत, चन्द्र भण्डरीले ३५१ मत र धनराज गुरुङले ३९२  मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ ।

Facebook Comments