कांग्रेस उपसभापतिमा गुरुङ र खड्काकाे अग्रता
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा भइरहेकाे छ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो ।
यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन् ।
हालसम्म
१२०० मत गन्दा धनराज गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९०, विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ ।
Facebook Comments

