थप ७ हजार ३ सय १६ मा काेराेना संक्रमण
नेपालमा पछिल्लाे २४ घण्टामा ७ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कूल १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यसै गरी २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १ सय ४५ जना कोरोना मृतक थपिएका छन् । क्वारेन्टाइनमा ७०१ जना रहेका छन् ।
Facebook Comments

