जाेखिममा परेकाकाे तत्काल उद्धार गर्न देउवाकाे माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले आज ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकोले प्रभावकारी उद्धारका लागि सरकारसँग माग गर्नुभएकाे छ ।

यसैवीच कांग्रेसका नेता तथा कार्यकर्तालाई बाढीपहिरोमा परेका जनताको उद्धारका लागि जुट्न देउवाकाे निर्देशन रहेकाे छ ।

काँग्रेसले विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत प्याकेज उपलब्ध गराउन समेत सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।

Facebook Comments