अहंकार र बदलाभाव त्यागेर पार्टी एकता कायम राख्न पूर्वप्रधानमन्त्री खनालकाे अपिल
एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नुपर्ने बताउनुभएकाे छ । पार्टी एकता र मुलुककाे समस्या समाधानका लागि अपिल गर्दै खनालले विज्ञप्ति जारी गर्नुभएकाे हाे ।
स्वास्थ्याेपचारका लागि भारतकाे दिल्ली जानुअघि प्रेस विज्ञप्ति जारी गर्दै एक भएर मुलुककाे समस्या समाधानमा लाग्न अनुराेध गर्नुभएकाे हेा ।
देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले धेरै चिन्तित बनाएको भन्दै खनालले राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएकाे उल्लेख गर्नुभएकाे छ ।
पार्टीहरूवीच यस्ताे अवस्था देखा पर्नु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण हुने पनि खनालले जनाउनुभएकाे छ । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्नेमा समेत उहाँले जनाेड दिनुभएकाे छ ।
गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण एमालेकाे पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको खनालकाे ठहर रहेकाे छ । । एकता सफलताको बाटो हो भने फुट बिनासको भन्दै खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्नुभएकाे छ ।


