सभामुख सापकाेटाद्वारा बाढीग्रस्त क्षेत्रकाे अवलाेकन

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिनु भएको छ ।

मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुग्नु भएका सभामुख सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंग विस्तृत जानकारी लिनुभएकाे हाे ।

नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी गराउनुभएकाे थियाे ।

साे क्षेत्रमा अवरुद्ध फोन, इन्टरनेट, सडक सञ्जाल, विद्युत सेवा तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्नेमा सभामुख सापकाेटाकाे जाेड थियाे ।

सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनःस्थापनाकाे काम अगाडि बनाउन अपिल गर्नुभएकाे थियाे ।

तस्वीर सभामुखकाे सचिवालय

Facebook Comments