बजेट पास नभएपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेकाे बजेट पारित हुन सकेन । संसदमा सत्ता पक्षले बहुमत जुटाउन नसक्ने देखिएपछि मन्त्री र सांसदहरू नै प्रदेश सभा बैठक छाेडेर हिडेका थिए ।

प्रदेश सभा बैठकमा बजेट सम्बन्धि विधेयक पेश भएर छलफल समेत भएर प्रक्रियमा पेश हुने बेलामा सत्ता पक्ष नै बहिष्कार गरेर निस्किएका थिए । बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको विहीबार अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिनुभयाे ।

बजेट पारित नभएकाले शुक्रबारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।

Facebook Comments