एमालेकाे स्थायी कमिटी बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएकाे छ । बैठकमा सहभागी हुने माधवकुमार नेपाल पक्षलाइ पनि खबर गरिए पनि साे समूह सहभागी हुने नहुने निश्चित छैन ।
बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।
चरम विवाद रहेकाे एमालेमा माधवकुमार नेपाललाइ ठाउँ नरहेकाे अध्यक्ष केपी शर्मा ओलीले बालकाेट निवास पुगेर घाेषणा गर्नुभएकाे छ ।
ज्ञवालीका अनुसार प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणा तथा दोस्रो एजेन्डा पार्टीको विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्तावको कार्यान्वयनबारे आजको बैठकमा छलफल हुनेछ। विघटन बदर गर्ने सर्वाेच्चकाे फैसलाप्रति संस्थापन पक्षले विराेध गरेकाे छ भने माधवकुमार नेपाल पक्षधरले स्वागत गरेका छन् ।
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।
नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार नै छलफल र परामर्श गरेर सहमतिमा बैठक राख्नु उपयुक्त हुने भन्दै स्थायी कमिटी बैठक स्थगित गर्न भनेका छन् । शुक्रबार नै एमाले संसदीय दलकाे बैठक पनि बस्दैछ ।

