ओलीलाई अध्यादेशकाे डर !

पदमा रहँदा संसद बैठक हठात् अन्त्य अनि संसद नै विघटन गरी अध्यादेशबाट नै सत्ता सञ्चालन गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अध्यादेश ल्याएर पार्टी फुटाइदिने हुन् कि भन्ने चिन्ता परेकाे छ ।

प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने दाबी गर्नुभएकाे हाे।

एमालेविरुद्ध अझै षड्यन्त्र हुने, सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्ने ओलीकाे तर्क थियाे । स्मरणीय छ ओलीले नै दल विभाजन सम्बन्धि अध्याध्देश ल्याउनुभएकाे थियाे ।

Facebook Comments