तालिवान समूह अफगानिस्थानकाे राष्ट्रपति कार्यालयमा प्रवेश

विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको र अब छिट्टै अन्तरिम सरकार बनाउने बताएकाे छ । आइतबार राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा कब्जा जमाएका हुन् ।

यतिबेला अफगानिस्थान संकटग्रसत अवस्थामा छ । अमेरिकाले आफ्ना नागरिकहरूकाे उद्दार तीव्र पारेकाे छ । सरकार र तालिवान समूहवीच वार्ता भएपनि सहमति हुन नसकेकाे बुझिएकाे छ ।

राष्ट्रपति असरफ घानीले रक्तपात हुनुभन्दा देश छोड्न उपयुक्त लागेकाे सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ । धानी उज्केस्तान वा काजकस्तान पुगेकाे अपुष्ट खबर भएपनि एकिट विवरण थाह हुन सकेकाे छैन् ।

तालिवानले राजधानी कब्जाकाे घाेषणा गर्दा झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ थिए । तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर खिचेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

Facebook Comments