केही नेताका कारण पार्टी एकीकरण टिकेनः प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताकाे विभाजनकारी साेचका कारण एमाले र माओवादी केन्द्र वीचकाे एकता टिकाउन नसकेकाे बताउनुभएकाे छ ।

उहाँले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताउनुभएकाे छ ।

मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार विज्ञप्ति जारी गर्दै ओलीले एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको उल्लेख गर्नुभएकाे छ ।

जनताको बहुदलीय जनवादको रक्षा गर्दै कार्यान्वयन र विकास गर्दै कम्युनिष्ट एकीकरणका लागि संकल्प गर्ने उहाँकाे भनाइ छ ।

कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न नसकेकाे विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments