लुम्बिनीका प्रदेश सभा सांसद पदमुक्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रदेशका मुख्य मन्त्री शंकर पाेखरेलकाे विरूद्धकाे अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेकाे केही घण्टामा नै शंकर पाेखरेलकै नेतृत्वकाे सरकारमा सहभागी भएपछि जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कार्वाही गरेकाे थियाे ।
सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
Facebook Comments

