महन्त ठाकुर पक्षका ५ सांसद उपेन्द्र समूहकाे बैठकमा सहभागी

जनता समाजवादी पार्टीका सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानीले महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका छन् । अरु सांसदहरु पनि आउने र आफूहरुको पक्षमा २० जना पुग्ने यादव पक्षका नेताहरूकाे दावी छ ।

शनिबार बसेको जसपा संसदीय दलको बैठकमा सरकारमा पार्टीको सहभागिता र सम्भावित मन्त्रालयबारे छलफल भएको छ । वैठकमा नेताहरुले सरकारमा जति दल सहभागी हुन्छन्, उनीहरुलाई समान हैसियतमा मन्त्रालय बाँडफाँट हुनुपर्ने  धारणा राखेका थिए ।

जसपाको आधिकारिकता सम्बन्धि विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ । आइतबारदेखि आयोगमा गठित इजलाशमा सुनुवाइ शुरू हुनेछ ।

महन्थ ठाकुर पक्षका नेताहरू एमाले अध्यक्ष केपी शर्मा अाेली पक्षमा लागेका थिए भने उपेन्द्र यादव बाबुराम भट्टराइ लगायतका नेताहरू भने विपक्षी गठबन्धन बनाएर प्रतिनिधिसभा विघटनकाे विराेधमा लागेका थिए । सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि महन्त ठाकुर पक्षलाइ संकट परेकाे छ ।

Facebook Comments