जनता समाजवादी पार्टीकाे कार्यकारिणी समितिकाे बैठक बस्ने
लामाे समयदेखि अान्तरिक विवादमा रहेकाे जनता समाजवादी पार्टीले अन्ततः सहमतिमै केन्द्रीय कार्यकारिणी समिति बोलाएको छ ।
अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादववीच भएकाे छलफलपछि जेठ ८ र ९ गते हुने बैठक बाेलाइएकाे हाे । कार्यकारिणी समितिका सदस्यलाई पत्राचार गर्दै बैठकमा सहभागी हुन आग्रह गरिएकाे छ ।
मंगलबार नै अध्यक्षद्वय ठाकुर र यादवले वर्तमान सरकारमा सहभागी नहुने तर राष्ट्रिय सरकार वा सरकारको नेतृत्वमा दावी रहने आशय सहितकाे संयुक्त विज्ञप्ति निकालेका थिए ।
बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको बैठकमा देशकाे विद्यमान पछिल्लाे परिस्थितिबारे छलफल हुने बताइएकाे छ ।
जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ ।
Facebook Comments

