जसपाले सरकारकाे नेतृत्वमा दावी गर्ने

पछिल्लाे सत्ता रस्साकस्सीमा निर्णायक बनेकाे जनता समाजवादी पार्टीले वर्तमान केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी नहुने स्पष्ट पार्दै सरकारकाे नेतृत्वमा आफ्नै दलकाे नेतृत्व दावी गरेकाे छ ।

जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रिय सरकार वा आफ्नै नेतृत्वमा सरकार गठन हुने परिस्थिति निर्माण भएमा अग्रसर हुने उल्लेख छ ।

पार्टीमा गुट उपगुट खडा गरी आफ्ना निहीत स्वार्थ पुरा गर्ने कार्यमा केही नेताहरू लागेकाे भन्दै त्यस्ता गतिविधि बन्द हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका गतिविधि पार्टी विधान, विधि प्रक्रिया र संगठनात्मक प्रर्णाली बमाेजिम हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ । जसपमा प्रधानमन्त्री चयनका विषयमा एक मत हुन नसक्दा अध्यक्ष ठाकुर पक्षधर प्रधानमन्त्री ओलीप्रति निकट देखिएका थिए भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर सांसदहरू ओलीकाे विराेधी गठबन्धनमा सहभागी भएका थिए ।

Facebook Comments