प्रधानमन्त्रीकाे सपथ सम्बन्धमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे सपथ संविधान प्रतिकूल भन्दै परेकाे मुद्दामा प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
साथै सर्वाेच्चले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री ओलीसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।
सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।
रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गरेका थिए ।
Facebook Comments

