गण्डकीमा मुख्यमन्त्रीले विश्वासकाे मत लिँदै

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँने कार्यसूची रहेकाे छ ।

गत २९ गते एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पाेखरेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन् ।

शुक्रबार बिहान ११ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाउँ भन्दै प्रस्ताव राख्नेछन । विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार र बजेट छलफललगायत काम अघि बढाउने मुख्यमन्त्रीकाे तयारी रहेकाे छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद रहेका छन् भने मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दल सबै कूल ३१ मत रहेकाे छ ।

Facebook Comments