आफ्नाे नेतृत्वमा भएका कामलाई निरन्तरता दिए सहयाेगः पूर्व मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नाे नेतृत्वकाे सरकारले गरेका नियुक्तिहरू उल्ट्याउने काममा नलाग्न नवगठित सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

प्रतिस्पर्धा गरी क्षमतावान व्यक्तिहरू नियुक्ति गरेकाले त्यसकाे निरन्तरता हुनुपर्ने गुरूङकाे भनाई छ ।

गण्डकी प्रदेश सभाकाे बैठकमा सम्बाेधन गर्ने क्रममा उहाँले आफ्नाे नेतृत्वकाे सरकारले गरेका कामलाई निरन्तरता दिएमा प्रतिपक्षी दलकाे हिसाबले पनि सहयाेग गर्ने बताउनुभयाे ।

हालका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले ब्यक्तिगत मत मागेको नभई पार्टीसँग सम्बन्धित भएकाले विश्वासकाे मत दिन नसक्ने उहाँकाे तर्क थियाे ।

पाेखरेल लाेकतान्त्रिक आन्दाेलनकाे सम्मानित व्यक्ति हाे, मुख्यमन्त्री गुरूङले भन्नुभयाे, ‘पार्टीको फरक मत छ, ब्यक्तिगत भएको भए दिन सक्थेँ तर यो त ब्यक्तिको माग्नुभएको होइन।’

केन्द्रकाे राजनीतिक खिचातानीले प्रदेशमा आफ्नाे नेतृत्वकाे सरकार ढालिएकाे गुरूङकाे गुनासाे थियाे । संघीयताकाे सफलताका लागि प्रदेश का संरचना सफल हुनुपर्ने भन्दै गुरूङले केन्द्रका राजनीतिक दल र ब्यूराेक्रेसीबाट प्रदेश सरकारलाइ असहयाेग भइरहेकाे बताउनुभयाे ।

प्रदेशकाे अधिकारका सन्दर्भमा प्रचण्ड, देउवा, भट्टराई या ओली सबैले केन्द्रीकृत साेच राख्ने उल्लेख गर्दै गुरूङले अधिकार प्राप्तिका लागि मिलेर अगाडि बढ्न तयार रहेकाे उल्लेख गर्नुभयाे ।

Facebook Comments