जसपाकाे वैधानिकता दिन उपेन्द्र पक्षकाे माग

 जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी सहित निवेदन दिएकाे छ ।

अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार बैधानिकताका लागि आफ्नाे पक्षकाे दावी सहित दिएका हुन् ।

कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेपनि त्यसलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्ष राजनीतिक दल सम्बन्धि ऐनको दफा ४४ अनुसार वैधानिकता दावी गर्न गएकाे साे पार्टीका नेता गंगा श्रेष्ठले जानकारी दिनुभये ।

महन्थ ठाकुरका कारणा पार्टी अस्तव्यस्त भएकाे र कुनै निर्णय लिन नसक्ने अवस्था भएकाले पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालन गर्न थालिएकाे र साेही अनुसार पार्टी अनुशासन नमान्नेहरू कार्वाही गरिएकाे पनि साे पक्षले उल्लेख गरेकाे छ ।

विहीबार बसेकाे उपेन्द्र यादव पक्षकाे बैठकले सरकारमा सहभागी भएका ९ नेतालाई कार्वाही गरेकाे छ ।

Facebook Comments