देउवालाई विश्वासको मत प्राप्त, १६५ सांसदकाे विश्वास

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त भएको छ । आइतबार बसेको पुन:स्थापित प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले राख्नुभएको आफूलाई प्रधानमन्त्री पदमा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

सो प्रस्ताव उपर मत विभाजन हुँदा देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा १६५ मत परेको थियो भने विपक्षमा ८३ मत परेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त संख्या सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले शेरबहादुर देउवाले प्रधानमन्त्रीका विश्वास रहेको घोषण गर्नुभएको थियो । १ सांसद तटस्थ रहेको पनि सभामुखले जानकारी दिनुभयो ।
२४९ जना सांसदले मतदानमा सरिक भएका थिए ।

Facebook Comments