देउवालाई एमाले ओली पक्षका सांसदकाे भाेट !
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका ओली पक्षका सांसदले समेत विश्वासकाे मतकाे पक्षमा मतदान गरेका छन् । माधव नेपाल निकट १४ सांसद र ओली पक्षका ८ सांसदले देउवाकाे पक्षमा मत दिएका हुन् ।
देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् ।
देउवालाई मत दिनेमा एमालेका माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।
नेपाल निकट रहेका १० सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन् । देउवाकाे विपक्षमा एमालेका ओली पक्षका ८३ सांसदले मतदान गरेका थिए ।

