वाग्मतीकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएकाे छ । याेसँगै प्रदेश सरकारमा नेतृत्व गर्ने पहिलाे महिला नेतृ हुनुभएकाे छ ।
नवनियुक्त मुख्यमन्त्री शाक्यले आजै राति ९ बजे पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । यसअघि माधवकुमार नेपाल पक्षमा लाग्नुभएकै कारण नै मुख्मन्त्री बन्न बन्चित हुनुभएकी शाक्य पार्टी विभाजन हुने बेलामा भने अाेली पक्षमा लागेपछि मुख्यमन्त्री बन्न लाग्नुभएकाे हाे ।
यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभएकाे थियाे । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिनुभएकाे हेा ।
Facebook Comments

