अन्ततः एमाले विभाजनमा, नेपालकाे नेतृत्वमा नयाँ दल गठन
अन्ततः नेकपा एमाले विभाजित भएकाे छ । नेता माधवकुमार नेपालकाे अध्यक्षतामा नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन द र्ता भएकाे छ ।
साे पार्टीकाे वरिष्ठ नेतामा झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । ९५ जनामा हाल एमालेमा रहेको ५८ केन्द्रीय सदस्य छन् ।
बाँकी केन्द्रीय सदस्य अहिले दल विभजानका क्रममा थपिएको हो । त्यस्तै, संघीय संसद्मा रहेका ३१ जना सांसद पनि एमाले समाजवादी समूहमा जोडिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।
निर्वाचन आयोगमा दल दर्ताका लागि प्रस्तावित अध्यक्ष नेपालसहितका नेताहरू पुगेका थिए । देउवा नेतृत्वकाे सरकारले नेपाल पक्षलाइ सजिलाे हुने ग री दल विभाजन सम्बन्धि अध्यादेश ल्याएकाे थियाे । जसमा पार्टी विभाजनका लागि खुकुलाे प्रावधान राखिएकाे थियाे ।
Facebook Comments

