गण्डकी प्रदेश मन्त्री परिषद्ः पुरानैले निरन्तरता पाउने
गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार हुने भएकाे छ । अविश्वासकाे प्रस्ताव फेस नगरी राजीनामा गरेर पुनः ठूलाे दलकाे नेताकाे हैसियतमा गत बैशाख ३० मा मुख्यमन्त्रीकाे सपथ लिनुभएका पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिन लाग्नुभएकाे हाे ।
दुई मन्त्रालयबाहेक बाँकी ५ मन्त्रालयमा दोस्रोपटक नियुक्त हुन सबैलाई आज दिउँसो २ बजेपछि शपथ खुवाउने तयारी छ ।
आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकासमन्त्रीमा नरदेवी पुन, युवा तथा खेलकुदमन्त्रीमा राजीव गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल पुनः नियुक्त हुने श्राेतले जानकारी दियाे ।
मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ ।
Facebook Comments

