बादललाई मतदान गर्न प्रधानमन्त्रीकाे अपिल
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा(बादल)लाई मतदानका लागि अपिल गर्नुभएकाे छ ।
विहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको एमालेका तर्फबाट उम्मेदवार बादललाई मतदान गर्न अन्यथा क्षम्य हुन नसक्ने प्रधानमन्त्रीद्वारा जारी अपिलमा उल्लेख छ ।
‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ विज्ञप्तिमा भनिएकाे छ, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्।’
प्रधानमन्त्री ओलीले पार्टीभित्र देखा परेका समस्या समाधानका लागि पार्टीलाई एकताबद्ध बनाउन कार्यदलले काम गरिरहेकाले एकतालाई सुदृढ गर्नु सबैको कर्तव्य हुने बताउनुभएकाे छ ।

