गण्डकी प्रदेशमा ११ मन्त्रालय बनाइयाे

गण्डकी प्रदेशमा सत्तामा टिक्नकै लागि मन्त्रालय संख्या बढाएर ११ पुर्‍याइएको छ ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले विश्वासकाे मत लिनु अघि मन्त्रालय फुटाएर ११ वटा बनाउनुभएकाे हाे ।

मन्त्रालय टुक्राएर मन्त्रीलाई बुधबार साँझ नै जिम्मेवारी तोकिएको छ । प्रदेश प्रमुखको कार्यालयले बुधबार साँझ विज्ञप्ति निकालेर ११ मन्त्रालयमा पाँचै जना मन्त्रीलाई जिम्मेवारी तोकिएको जनाएको छ । 

हाल आठ वटा मन्त्रालय रहेकोमा सामाजिक विकास, भौतिक पूर्वाधार विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई टुक्राएर ११ वटा मन्त्रालय बनाइएको हो । 

अविश्वासकाे प्रस्तावकाे सामना गर्नुपर्ने भएपछि राजीनामा दिएर पुनः ठूलाे दलकाे नेताका रूपमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गुरूङले बहुमत जुटाउने कसरतका लागि मन्त्रालयकाे संख्या बढाउनुभएकाे बुझ्न कठिन छैन ।

Facebook Comments