माओवादी केन्द्र वडा अधिवेशनकाे तयारीमा
नेकपा माओवादी केन्द्रले शनिबार एकसाथ देशभरका वडा अधिवेशन गर्ने भएकाे छ । साथै साे पार्टीले आफ्नो पार्टी सदस्य संख्या करिब ८ लाख पुगेको दाबी गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पार्टी सदस्यकाे संख्या ८ लाख पुगेकाे बताउनुभयाे । उहाँका अनुसार संख्या भने अझै बढ्न सक्ने छ ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।
मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
Facebook Comments

